समाज


संक्रमितले छाड्ने छिटाले १० मिटर परसम्म कोरोना फैलाउने स्वीकार गर्दै भारतले जारी गर्‍यो नयाँ ‘गाइडलाइन’

संक्रमितले छाड्ने छिटाले १० मिटर परसम्म कोरोना फैलाउने स्वीकार गर्दै भारतले जारी गर्‍यो नयाँ ‘गाइडलाइन’

नेपालखबर
जेठ ६, २०७८ बिहिबार ९:३९,

कोरोना भाइरस हावाबाट पनि फैलिन्छ भन्ने कुरालाई भारत सरकारले पनि पूर्ण रूपमा स्वीकार गरेको छ। र, बच्नका लागि नयाँ ‘गाइलाइन’ सार्वजनिक गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

भारतीय सरकारका प्रमुख वैज्ञानिक सल्लाहकारको कार्यालयका अनुसार एयरोसोल र ड्रपलेट कोरोना फैलिने प्रमुख कारण हुन्।

स्वास्थ्य विशेषज्ञका अनुसार कोरोना संक्रमितले हाच्छिउँ गर्दा, खोक्दा, गीत गाउँदा वा बोल्दा नाक वा मुखबाट निस्किने छिट्टालाई त्यसको आकारअनुसार ड्रपलेट र एयरोसोल भनिन्छ। ड्रपलेटको आकार ५ माइक्रोमिटरभन्दा ठूलो र एयरोसोलको आकार ६ माइक्रोमिटरभन्दा ठूलो हुन्छ।

भारत सरकारका प्रमुख वैज्ञानिक सल्लाहकारको कार्यालयका अनुसार संक्रमतिले छाड्ने ड्रपलेट २ मिटरसम्म पुग्न सक्छ भने एयरोसोल १० मिटरसम्म उड्न सक्छ र संक्रमण गराउन सक्छ। यहाँसम्म कि लक्षणै नभएका संक्रमितले समेत स्वस्थ व्यक्तिलाई संक्रमण सार्न सक्ने ‘भाइरल लोड’ पुग्ने गरी पर्याप्त ड्रपलेट छाड्न सक्छ। यसबाट प्रस्ट के हुन्छ भने कोरोना सर्नबाट बच्न १० मिटर दूरी पनि पर्याप्त होइन।

भारतीय वैज्ञानिक सल्लाहकारको कार्यालयका अनुसार संक्रमितले सास फेर्दा, बोल्दा, गाउँदा, हाँस्दा, खोक्दा र हाच्छिउँ गर्दा छिट्टा निस्किन्छ र त्यसले अर्का व्यक्तिलाई संक्रमण सार्न सक्छ। यसकारण कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षा मापदण्ड पूर्ण पालना गर्नु निकै महत्त्वपूर्ण हुन्छ। भरपर्दाे मास्क लगाउने, सुरक्षित भौतिक दूरी कायम गर्ने र शंकास्पद ठाउँ छोएपछि साबुनपानीले मिचिमिचि हात धुने गर्नु नै कोरोनाबाट बच्ने उत्तम उपाय भएको विज्ञ बताउँछन्।

विशेषज्ञका अनुसार कोरोना संक्रमित व्यक्तिलाई लक्षण देखापर्न २ हप्तासम्म समय लाग्न सक्छ। यस क्रममा उसले धेरै व्यक्तिलाई भाइरस सारिसकेको हुन सक्छ। साथै कुनै लक्षणै नभएका संक्रमितले पनि संक्रमण फैलाउन सक्छ।

भारत सरकारले जारी गरेको नयाँ दिशानिर्देश (गाइलाइन) का अनुसार बन्द तथा हावा ओहोरदोहोर नगर्ने स्थानमा ड्रपलेट र एयरोसोलबाट कोरोना फैलिने जोखिम निकै बढी हुन्छ। यसैकारण विशेषज्ञले भेन्टिलेसन भएको, झ्याल, ढोका खुला भएको स्थानमा कोरोना सर्ने खतरा कम हुने बताइरहेका छन्।

यस्तै भारत सरकारले जारी गरेको नयाँ गाइडलाइनअनुसार त्यस्ता सतहलाई नियमित सफा गर्नुपर्छ, जुन स्थानमा धेरै जनाको सम्पर्क हुन्छ। जस्तो: झ्याल/ढोकाका चुकुल, बिजुलीको स्विच, टेबल, कुसी आदि।

यिनलाई ब्लिच तथा फिनेल आदिले सफा गर्न विशेषज्ञले सल्लाह दिएका छन्। यस्तै ग्लास, प्लास्टिक र स्टेनलेस स्टिलमा पनि कोरोना भाइरस लामो समयसम्म रहन्छ। अमर उजालाबाट

यो पनि : हावाबाट पनि कोरोना फैलिने कुरा डब्ल्यूएचओले स्वीकार्‍यो, बच्नेबारे नयाँ ‘गाइडलाइन’ आउने सम्भावना

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad