कपिलवस्तुमा गएराति भएको गोली प्रहारको घटनामा संलग्न रहेको आशंकामा प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएको छ।
घटनामा संलग्न रहेको अभियोगमा कपिलवस्तु नगरपालिका–१ नयाँ टोल बस्ने १९ वर्षीय राजेश नाउसहित ७ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
सोही नगरपालिका–३ सडवास्थित सडकमा अपरिचित व्यक्तिहरुको गोली प्रहारबाट कपिलवस्तु नगरपालिका–१ बस्ने माओवादी केन्द्रका जिल्ला सदस्य ३४ वर्षीय दीपक पाण्डे र भारत सिद्धार्थनगर ग्राम चेतरी बजार बस्ने २६ वर्षीय ईयाज अख्तर मुसलमान घाइते भएका थिए।
लु.९ प ८५२१ नम्बरको मोटरसाइकलमा जर्लैया खोलाबाट तौलिहवातर्फ आउँदै गरेका उनीहरुलाई हाल नम्बर नखुलेको मोटरसाइकलमा आएका ३ जना अपरिचित व्यक्तिहरुले गोली प्रहार गर्दा घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले घाइते ईयाजलाई उपचारका लागि जिल्ला अस्पताल तौलिहवा र दीपकलाई भैरहवा मेडिकल कलेज पठाएको छ।
घटनास्थलबाट १ थान खोका, १ राउण्ड लाईभ बुलेट र १ थान चप्पल प्रहरीले बरामद गरेको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
कपिलबस्तुमा माओवादी केन्द्रका नेतासहित दुई जनामाथि गोली प्रहार

प्रतिक्रिया