अक्सफोर्ड युनिभर्सिटीको अनुसन्धान अनुसार धेर थोर जति मात्रामा रक्सी सेवन गरे पनि त्यसले दिमागी स्वास्थ्यमा असर पुग्छ।
अक्सफोर्डले बेलायतमा २५ हजार मानिसमा अनुसन्धान गरेको थियो। अनुसन्धानका क्रममा रक्सी पिउने मानिसको मस्तिष्कको ग्रे म्याटरमा असर पुगेको देखिएको छ।
ग्रे म्याटर मस्तिष्कको केन्द्रीय स्न्यायु प्रणालीको प्रमुख अंग हो। यसमा पर्ने नकरात्मक असरले मानिसको सोचाई र बुझाईमा कमी ल्याउने वैज्ञानिकहरु बताउँछन्।
मदिराले मानिसको सम्झनसक्ने क्षमतामा पनि ह्रास ल्याउने बताइएको छ।
झन् रोगी मानिसहरुले मदिरा पिउने गरेका छन् भने त मस्तिष्कमा झनै व्यापकर असर पुग्ने जनाइएको छ।

प्रतिक्रिया