समाज


गुजरातमा ताउतेको ताण्डव : हेर्नुहोस्, यी १३ तस्बिरमा

गुजरातमा ताउतेको ताण्डव : हेर्नुहोस्, यी १३ तस्बिरमा

नेपालखबर
जेठ ५, २०७८ बुधबार १०:१,

भारतको गुजरातमा बज्रिएको अति शक्तिशाली चक्रवात ताउते अहिले साम्य भइसकेको छ। तर यसले गुजरात राज्यमा धेरै धनजन क्षति गराएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार ताउते चक्रवातका कारण ४५ जनाको मृत्यु भयो भने २ लाखभन्दा बढी रुख ढलेका छन्। अहिलेसम्म प्राप्त जानकारीअनुसार २० हजारभन्दा बढी कच्ची घर भत्किएका छन्।

यो पनि : ताउतेबाट बनेको प्रणाली नेपालमा थप सक्रिय, मौसमविद्ले जारी गरे विशेष बुलेटिन

गुजरातका मुख्यमन्त्री विजय रूपाणीका अनुसार तीन दिनदेखि पूरै प्रशासन तयारीमा जुटेकाले धेरै ठूलो संख्यामा मानिसको मृत्यु हुन पाएन।

चक्रवातका कारण ५ हजार ९५८ गाउँमा विद्युत् बन्द भएको छ। यीमध्ये २ हजार १०१ गाउँमा भने विद्युत् पुनः सञ्चालन गरिसकिएको उनले बताएका छन्। त्यहाँ निकै ठूलो वर्षा पनि भयो। यस्तै ठूलो मात्रामा बालीनाली पनि नष्ट भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

ताउतेको ताण्डवपछि गुजरातको अवस्थाबारे भारतीय अनलाइन दैनिक भास्करले तस्बिर प्रकाशन गरेको छ। जसलाई यहाँ साभार गरिएको छ।

हेर्नुहोस् :

taute2

taute4

taute5

taute6

taute14

taute7

taute8

taute9

taute10

taute11

taute12

taute13

taute3

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad