कारोबार


तीन देशमा एकै दिन नेपाल एयरलाइन्सको मात्रै ८ वटा उडान

तीन देशमा एकै दिन नेपाल एयरलाइन्सको मात्रै ८ वटा उडान

नेपालखबर
जेठ ५, २०७८ बुधबार ९:५३,

बुधबार त्रिभुवन विमानस्थलमा नेपाल एयरलाइन्सले मात्रै ८ वटा उडान गरेकाे छ।

नेपाल एयरलाइन्सले आज एकै दिन साउदी अरब, चीन र भारतमा ८ उडान गरेको हो।

मंगलबार भारतीय नागरिक लगेर साउदी अरबको दमाम र रियाद गएका आज फर्किएका छन्। आज फेरि भारतीय नागरिक नै बोकेर दमाम र रियाद नेपाल एयरलाइन्सका जहाज जाँदै छन्।

त्यसबाहेक एयर बबल सुविधामा काठमाडौं–दिल्ली एउटा उडान रहेको छ।

नेपाल एयरलाइन्सको जहाजले दिउँसो चीनको बेइजिङबाट अक्सिजन सिलिन्डर ल्याएर काठमाडौं आइपुगेको छ भने राति साढे १० बजे कार्गोका लागि सेन्जेनमा उडान गर्दै छ।

बुधबार हिमालय एयरलायन्सका ३ वटा कार्गो सहित एउटा प्यासेन्जर उडान रहेको छ।

आजै सिन्चुवान एयरलान्स चीनबाट कार्गो काठमाडौंमा छाडेर फर्किएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad