ad ad

समाज


भारतले अक्टोबरसम्म खोप निर्यात नगर्ने, नेपालको खोप अभियान प्रभावित हुने

भारतले अक्टोबरसम्म खोप निर्यात नगर्ने, नेपालको खोप अभियान प्रभावित हुने

नेपालखबर
जेठ ४, २०७८ मंगलबार ११:५९,

भारतले अक्टोबरसम्म कोभिड–१९ विरुद्धको खोप निर्यात गर्ने सम्भावना नरहेको सरकारी स्रोतहरुलाई उधृत गर्दै रोयटर्सले जनाएको छ।

नेपालले अग्रिम भुक्तानी गरेर सेरम इन्स्टिच्युटबाट किनेको २० लाख डोजमध्ये १० लाख डोज खोप भारतबाट आउन बाँकी नै छ। भारतको पछिल्लो निर्णयले त्यो खोप नेपालले लामो समय नपाउने देखिएको छ।

भारतको भर परेर नेपालले अन्य मुलुकबाट खोप किन्न ठोस पहल पनि गरेको छैन।

यसबाट नेपालबाहेक बंगलादेश, श्रीलंकालगायत मुलुकको खोप अभियान पनि प्रभावित हुनेछ। त्यस्तै यसले विश्वव्यापी कोभ्याक्स कार्यक्रमलाई धक्का पु¥याउने जनाइएको छ।

करिब एक महिनाअघि कीर्तिमानी संख्यामा संक्रमण बढ्न थालेपछि भारतले खोप निर्यातमा रोक लगाएको थियो। त्यसअघि भारतले विश्वभर साढे ६ करोड डोज खोप निर्यात गरेको थियो।

‘हामीले यो सन्देश आधिकारिक रुपमा अन्य मुलुकलाई दिन जरुरी छैन। किनभने त्यो हाम्रालागि बाध्यकारी छैन,’ रोयटर्सले भारतीय स्रोतलाई उधृत गरेको छ, ‘तर, यो कुरा आन्तरिक रुपमा छलफल भएको छ। केही मुलुकहरुलाई हामीले थप खोपको अपेक्षा नगर्न भनिसकेका छौँ।’

तर, कुनकुन मुलुकलाई त्यस्तो सन्देश दिइएको हो, खुलाइएको छैन।

अहिले भारतलाई खोप आपूर्ति गर्न आफूहरुको ध्यान केन्द्रित भएको सेरमका एक प्रवक्ताले जनाए। सेरमले यसअघि जुनसम्ममा खोप निर्यात थाल्ने अपेक्षा गरिएको थियो।
कोभ्याक्सले पनि मे महिनासम्ममा सेरमबाट १४ करोड खोप पाउने बताइएको थियो। तर, ती खोप अब भारतमै प्रयोग हुने बताइएको छ। रोयटर्स

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .