ad ad

समाज


ताउ-ते चक्रवातको असर : एक साता हिमाल आरोहण नगर्न सुझाव

ताउ-ते चक्रवातको असर : एक साता हिमाल आरोहण नगर्न सुझाव

नेपालखबर
जेठ ३, २०७८ सोमबार ७:५८,

 जल तथा मौसम विज्ञान विभागले एकसाताको लागि हिमाल आरोहण नगर्न सुझाव दिएको छ।

हाल पूर्वीमध्य अरब सागरमा रहेको शक्तिशाली चक्रवात ‘ताउ-ते’ले अझ विकसित हुने क्रममा रहेको र त्यसको केही असर नेपाली भूभागमा पनि पर्ने सम्भावनाका कारण विभागले  शुक्रबारसम्म हिमाल आरोहण नगर्न सुझाव दिएको मौसमविद् प्रतिभा मानन्धरले नेपालखबरलाई बताइन्।

नेपालमा उक्त चक्रवातको प्रत्यक्ष असर नपरे पनि केही प्रभाव देखिन सक्ने भन्दै विभागले सचेत गराएको हो।

अहिले उक्त चक्रवात उत्तर-उत्तरपश्चिम तिर बढ्ने क्रममा रहेको छ। उक्त चक्रवात र प्रिमौसमका कारण मंगलबारबाट देशका धेरै स्थानहरूमा सामान्यदेखी पूर्णबदलीको सम्भावना रहेको विभागले जनाएकोछ।

साथै बुधबार बेलुकाबाट शुक्रबारसम्म कर्णाली प्रदेश,सुदुरपश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा र थोरै स्थानहरूमा भारी वर्षाकोसमेत सम्भावना रहेको विभागले जनाएको छ।

प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाले चक्रवात लाई निरन्तर अनुगमन गरिरहेको जनाएको छ।

हिन्द महासागरदेखि सुरु भएको उक्त चक्रवात १७५ प्रतिघण्टाको बेगमा भारतमा अघि बढिरहेको छ। 

यो चक्रवातका कारण भारतमा आइतबारदेखि नै क्षति हुन थालिसकेको छ। आज साँझसम्म यो चक्रवात अरब सागरबाट भारतको गुजरातमा आइपुग्ने अनुमान त्यहाँका मौसमविद्ले गरेका छन्।

अहिले त्यहाँका स्थानीय आतंकित भएका छन् भने अस्पतालमा उपचार गराइरहेका कोरोना संक्रमितलाई पनि अन्यत्र सार्ने काम भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .