सोमबार बेलुकी ७ बजेसम्म २५ सय अक्सिजन सिलिन्डर काठमाडौं आइपुग्ने भएको छ।
अक्सिजन अभावका कारण धेरैले ज्यान गुमाउन थालेपछि छिमेकी मुलुक चीनबाट अक्सिजन ल्याउन लागिएको हो।
साथै, भोलि र पर्सिमा अर्को १० हजार सिलिन्डर अक्सिजन काठमाडौं आउँदै छ। जसको संयोजन ललितपुरको कुपण्डोलस्थित रहेको बिध म्यानेजमेन्ट प्रालिले गर्ने भएको छ।
यसअघि पनि सरकारसँग समन्वय गर्दै कोरोना महामारीको पहिलो चरणदेखि नै अघि रहेको बिध म्यानेजमेन्टले पीसीआर ल्याब पनि सञ्चालन गरेको छ।
सरकारबाट ‘ए’ ग्रेडको मान्यताप्राप्त यस ल्याबमा दैनिक पीसीआर परीक्षण हुँदै आएको छ। महामारीको अवस्थामा सरकारलाई सहयोग पुग्ने गरी परीक्षणदेखि उपचारसम्ममा सहयोग गर्दै आएको ल्याबले जनाएको छ।
अक्सिजन अभावका कारण देखिएको समस्या समाधानका लागि आगामी ८/९ दिनमै दिनमै करिब १० सेट अक्सिजन प्लान्ट आउँदै गरेको र त्यसका लागि आफूहरुले संयोजन गरिरहेको बिध ल्याबले जनाएको छ ।
ल्याबका अनुसार विभिन्न अस्पतालमा जोड्नका लागि ती प्लान्टहरु प्रयोग हुने गरी तयारी अघि बढेको छ।
साथै, सरकारको सहयोगमा लिक्विड अक्सिजन समेत ल्याउन आफूहरुले संयोजन गरेको ल्याबका अध्यक्ष भीमकान्त भण्डारीले जानकारी दिए। सरकारको पूर्ण सहयोगमा मात्र यो सम्भव भएको उनले बताए।
अहिले मुलुकमा अक्सिजन अभावमा कोभिड–१९ संक्रमितहरूको उपचारमा समस्या भएको छ भने नियमित उपचारमा अक्सिजन चाहिनेलाई समेत समस्या भएको छ । जसका कारण धेरैले ज्यान गुमाइरहेका छन् ।

प्रतिक्रिया