समाज


वागमती प्रदेश प्रहरीले प्रशिक्षणमा काठका डमी हतियार प्रयोग गर्ने

वागमती प्रदेश प्रहरीले प्रशिक्षणमा काठका डमी हतियार प्रयोग गर्ने

नेपालखबर
जेठ २, २०७८ आइतबार ७:९,

वागमती प्रदेश प्रहरीले फायरीङ बाहेकका अन्य प्रशिक्षण गतिविधिमा काठका डमी हतियार प्रयोग गर्ने भएको छ।

प्रहरीको प्रशिक्षण प्रदान गर्ने इकाईहरुबाट हाल नियमित प्रयोग गरिने सक्कली हतियार प्रयोग गर्दै आईरहेकोमा उक्त हतियारहरु बिग्रने, फुट्ने, तथा काम नलाग्ने हुने हुँदा डमि हतियार प्रयोग गर्न लागिएको प्रदेश प्रहरी प्रवक्ता एसएसपी मिरा चौधरीले जानकारी दिइन्।

Kathka dommy hatiyar dommyweapon 1

वागमती प्रदेश प्रहरी कार्यालयको वार्षिक कार्ययोजना–२०७७ मा उल्लेख भएको क्रियाकलाप अनुसार ५ सय थान काठको डमी हतियार निर्माण गरी वागमती प्रदेश अन्तर्गतको प्रमुख तथा सहायक प्रशिक्षण प्रदायक इकाईमा वितरण गरी प्रयोग गर्ने अवधारणा अघि सारिएको थियो।

सो कार्यालयको आन्तरिक स्रोत साधन तथा हातहतियार मर्मत शाखामा कार्यरत प्राविधिक प्रहरी जनशक्तिबाट पहिलो चरणमा ५० थान काठको डमी हतियार निर्माण गरिएको प्रहरीले जनाएको छ।

Kathka dommy hatiyar dommyweapon 2

सक्कली हतियारको तौल र आकारमा निर्माण गरी वागमती प्रदेश प्रहरीको प्रमुख प्रशिक्षण प्रदान गर्ने इकाई वागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली सिन्धुलीलाई ५० थान काठको डमी हतियार प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक वसन्तकुमार लामाले हस्तान्तरण गरेका थिए।

Kathka dommy hatiyar dommyweapon 3

फायरीङ बाहेकको अन्य हातहतियार प्रशिक्षण कार्यमा सक्कली हतियार प्रयोग नगरी डमी हतियार प्रयोग गर्दा सक्कली हतियार टुट्ने, फुट्ने नभई सुरक्षित रहने भएकोले परीक्षणको रुपमा वितरण गरिएका डमि हतियारहरुले पार्ने प्रभावलाई विश्लेषण गरी आवश्यकता अनुसार थप निर्माण तथा वितरण गरिदै जाने प्रवक्ता चौधरीले बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad