कारोबार


आज पनि यी जहाजले चीनबाट ल्याउँदै छन् कोभिडसम्बन्धी स्वास्थ्य सामग्री

आज पनि यी जहाजले चीनबाट ल्याउँदै छन् कोभिडसम्बन्धी स्वास्थ्य सामग्री

नेपालखबर
जेठ २, २०७८ आइतबार ७:७,

नेपाल एयरलाइन्स र हिमालय एयरलायन्सले आज चीनबाट कोभिडसम्बन्धी अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउँदै छन्।

कोभिड माहामारीको दोस्रो लहरले अक्सिजन खपत बढेसँगै चीनबाट अक्सिजन सिलिन्डरसहितका स्वास्थ्य सामग्री नेपाल ल्याउन लागिएको हो।

नेपाल वायुसेवा निगमका अनुसार वाइडबडी एयरबस ३३० ले दिउँसो २ बजे चीनबाट ५५० अक्सिजन सिलिन्डर लिएर आउँदै छ।

शनिबार राति चीनको बेइजिङ गएको वाइडबडी जहाजले चीन सरकारले प्रदान गरेको अक्सिजन सिलिन्डर ल्याउन लागेको हो।

चीन सरकारले २० हजार सिलिन्डर उपलब्ध गराएकोमा २ हजार नेपाल एयरलाइन्सले ल्याउँदै छ भने १८ हजार सिलिन्डर नेपालको उत्तरी नाका तातोपानी आइपुगेको छ।

नेपाल वायुसेवा निगमका प्रबन्धनिर्देशक डिम प्रसाद पौडेलले आइतबार, सोमबार र मंगलबार लगातार ३ उडान हुने जानकारी दिए। नेपाल एयरलायन्सले यसअघि नै चीनबाट ४ सय अक्सिजन सिलिन्डर ल्याइसकेको छ।

२ बजे अक्सिजन सिलिन्डर ल्याएको वाइडबडी राति ११ बजे फेरि बेइजिङ जाँदै छ।

त्यसैगरी हिमालय एयरलाइन्सले कुनमिङबाट स्वास्थ्य सामग्रीसहितको कार्गो आइतबार बिहानै त्रिभुवन विमानस्थलमा अवरतण गरिसकेको छ।

राति पौने ९ बजे हिमालय एयरलाइन्सको जहाज फेरि स्वास्थ्य सामग्रीसहितको कार्गो ल्याउन कुनमिङ जाने अनुमति पाएको त्रिभुवन विमानस्थलले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad