काठमाडौंमा छुट्टा छुट्टै स्थानमा दुई जना मृत फेला परेका छन्।
काठमाडौंको कागेश्वरी नगरपालिका २ सुन्दरीजल डेरा गरी बस्ने उदयपुर चिलाउने गाउँपालिका २ घर भएका ४० वर्षीय सन्तोष शिवा मृत फेला परेका हुन्।
सोही ठाउँस्थित चौरमा उनी मंगलबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
यसैगरी काठमाडौं सानोभर्याङ डेरा गरी बस्ने नुवाकोट बेलकोटगढी नगरपालिका ११ घर भएका ४८ वर्षीय आईते तामाङ पनि मंगलबारनै मृत अवस्थामा फेला परेका छन्।
मर्मतको लागि राखिएको बसको क्याविनमा उनी मृत फेला परेका हुन्। तामाङ तारकेश्वर नगरपालिका ५ लोलाङ्ग हाईटस्थित पाथीभरा अटोवर्कसपमा काम गर्थे।
3
Shares

प्रतिक्रिया