समाज


प्रहरीद्वारा थप ६७० थान अक्सिजन सिलिन्डर संकलन

प्रहरीद्वारा थप ६७० थान अक्सिजन सिलिन्डर संकलन

नेपालखबर
बैशाख २८, २०७८ मंगलबार १३:३४,

नेपाल प्रहरीले देशभरका विभिन्न स्थानबाट पछिल्लो २४ घण्टामा ६ सय ७० थान अक्सिजन सिलिन्डर संकलन गरेको छ। ती मध्ये ३ सय ९१ भरिएका र २ सय ७९ खाली सिलिन्डर रहेका छन्।

संकलन गरिएका सिलिन्डरमध्ये ४ सय ९७ वटा कोभिड अस्पताल र सम्बन्धित अक्सिजन प्लान्ट उद्योगलाई उपलब्ध गराएको छ।

बाँकी रहेका १ सय ७३ अक्सिजन सिलिन्डरहरु जिल्ला संकट व्यवस्थापन केन्द्र तथा जिल्लास्थित प्रहरी कार्यालयमा राखी आवश्यकता अनुसार वितरण गरिने जनाएको छ।कतिपय खाली सिलिन्डरलाई भर्नका लागि डिपोमा समेत पठाइएको छ।

आवश्यकता भन्दा बढी अक्सिजन सिलिन्डर होल्ड गर्ने अस्पताल, व्यक्ति लगायत अन्य संघसंस्था तथा स्वास्थ्य प्रयोजन बाहेक अन्य प्रयोजनमा प्रयोग गर्ने उद्देश्यले विभिन्न उद्योग, कलकारखाना, कवाडी, ग्यास वेल्डिङ, पसल तथा गोदामहरूमा स्टक गरी राखेका अक्सिजन सिलिन्डर नियन्त्रणमा लिई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्धारण गरेको संख्या अनुसार वितरण गरिएको जनाएको छ।

स्वास्थ्य प्रयोजन बाहेक अन्य प्रयोजनका लागि स्टक राख्ने व्यक्ति तथा निकायलाई आवश्यक कारबाहीका लागि थप अनुसन्धान गरिरहेको प्रहरीले दाबी गरेको छ।

अन्य प्रयोजनका लागि स्टक नगर्न तथा विभिन्न कम्पनी, संघसंस्था तथा व्यक्तिहरूसँग आवश्यकता भन्दा बढी सिलिन्डर छन् भने त्यस्ता सिलिन्डरहरू उपलब्ध गराई सहयोग गर्न नेपाल प्रहरीले अनुरोध समेत गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad