कोरोना भाइरसबाट बच्न भन्दै भारतमा गोबर शरीरमा दल्नेको जमात बढेको छ।
चिकित्सकहरुले गोबरले कोरोनालाई रोक्छ भन्ने वैज्ञानिक प्रमाण नभएको बताउँदै शरीरमा गोबर दलिए छाला सम्बन्धी रोग लाग्नसक्ने चेतावनी दिएका हुन्।
हाल भारत कोरोनाबाट सबैभन्दा बढी प्रभावित राष्ट्र हो। यहाँ दैनिक ३ लाखभन्दा बढी कोरोना संक्रमित थरिहँदा सोही अवधिमा ३ हजार बढीको ज्यान गइरहेको छ।
यसबीचमा हिन्दु धर्ममा आस्था राख्नेहरुले कोरोनाबाट जोगिन भन्दै गाईको गोबर शरीरमा दल्ने गरेको हिन्दुस्तान टाइम्सले जनाएको छ।
शरीरको इम्युनिटी बढाउन भन्दै हप्तामा एक दिन गुजरातका मानिसहरुले गाईको गोठमा गएर गोबर, गहुत शरीरमा दल्न थालेपछि विज्ञहरुले अन्य रोग लाग्ने चेतावनी दिएका हुन्।
प्रतिक्रिया