समाज


वसुन्धारामा महानगरको सहयोगमा ८८ शय्याको आइसोलेसन सेन्टर, उपप्रधानमन्त्रीले गरे निरीक्षण

वसुन्धारामा महानगरको सहयोगमा ८८ शय्याको आइसोलेसन सेन्टर, उपप्रधानमन्त्रीले गरे निरीक्षण

नेपालखबर
बैशाख २८, २०७८ मंगलबार ८:४८,

उपप्रधानमन्त्री ईश्वर पोखरेलले आज काठमाडौंको वसुन्धारामा सञ्चालन हुनलागेको ‘राधा स्वामी कोभिड आइसोलन तथा अक्सिजन थेरापी सेन्टर’को निरीक्षण गरेका छन्।

निरीक्षणकै क्रममा उनले तत्कालै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र मुख्यसचिव डा. शंकरदास बैरागीलाई टेलिफोन गरी आइसोलेसन केन्द्र सञ्चालन गर्ने प्रबन्ध मिलाउन निर्देशन दिए।

उपप्रधानमन्त्री पोखरेलको निर्देशनपछि यसैसाताबाट नेपाली सेनाले आइसोलेसन केन्द्र सञ्चालनमा ल्याउने तयारी गरेको छ।

तत्काल ८८ शय्याको अक्सिजन थेरापी सुविधासहित सञ्चालन हुनलागेको यो आइसोलेसन केन्द्रका लागि राधास्वामी केन्द्रले भवन उपलब्ध गराएको हो।

आवश्यकताअनुसार २ सय बेडसम्म सञ्चालन गर्ने तयारी गरिएको छ। आइसोलेसन केन्द्रका लागि चाहिने पूर्वाधारका लागि काठमाडौं महानगरपालिकाले बजेटको व्यवस्था गरेको छ भने नेपाली सेनाले उपचार, सुरक्षा र व्यवस्थापनको जिम्मेवारी लिएको छ।

यो आइसोलेसन केन्द्र सञ्चालनमा आएपछि कोरोनाका बिरामीहरुको उपचारमा थप राहत मिल्ने विश्वास लिइएको छ।

काठमाडौंमा उपलब्ध ठूला भवनहरुलाई आइसोलेशन केन्द्रका रुपमा सञ्चालन गरी कोरोना संक्रमितहरुको उपचार गर्ने सोच बनाइको सिसिएमसीका संयोजक समेत रहनुभएका उपप्रधानमन्त्री पोखरेलले बताए।

निर्धक्क रुपमा बिरामीको उपचारमा लाग्न नेपाली सेनालाई आग्रह गर्दै उनले सरकारका तर्फबाट आवश्यक सम्पूर्ण सहयोग उपलब्ध गराउने बताए।

उपप्रधानमन्त्री पोखरेललाई नेपाली सेनाका क्लिनिक रजिष्टार महासेनानी डा. सुमनराज डंगोलले आइसोलेसन केन्द्रको बारेमा जानकारी गराएका थिए।

निरीक्षणका क्रममा टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, उपमेयर ज्ञान माया डंगोल लगायतको पनि सहभागिता थियो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad