समाज


उपत्यकामा जेठ १३ सम्म निषेधाज्ञा, अत्यावश्यकबाहेकका सबै कार्यालय बन्द

उपत्यकामा जेठ १३ सम्म निषेधाज्ञा, अत्यावश्यकबाहेकका सबै कार्यालय बन्द

नेपालखबर
बैशाख २८, २०७८ मंगलबार ७:५८,

उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा १५ दिन थपेको छ। 

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा भएको बैठकले उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले निषेधाज्ञा थप्ने निर्णय भएको जानकारी दिए।

उनले नेपालखबरसँग भने, ‘पसल खोल्ने समय बिहान १० बजेसम्म पुर्याइएको छ, पार्टी प्यालेसमा विवाह र व्रतबन्ध रोक्ने र अत्यावश्यकबाहेकका सबै कार्यालय बन्द गर्ने निर्णय भएको छ।’

बैठकमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुली, भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई र ललितपुरका निमित्त प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेत सहभागी थिए।

यसअघि तीनवटै जिल्लाले आआफ्नो जिल्लामा छलफल गरेका थिए।

काठमाडौं उपत्यकामा वैशाख १६ गतेबाट सुरु भएको निषेधाज्ञा बुधबार सकिने भएपछि दुई साता थपिएको हो।

सरकारले ठूला सहरमा ५०० बढी संक्रमित भए र पहाडी जिल्लामा २०० बढी संक्रमित भएपछि स्थानीय प्रशासनले नै निषेधाज्ञाको निर्णय गर्नसक्ने अधिकार दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad