समाज


नक्कली अक्सिमिटर कालोबजारी गर्ने ७ जना पक्राउ

नक्कली अक्सिमिटर कालोबजारी गर्ने ७ जना पक्राउ

नेपालखबर
बैशाख २८, २०७८ मंगलबार ७:११,

प्रहरीले नक्कली अक्सिमिटर कालोबजारी गर्ने ७ जनालाई पक्राउ गरेको छ।

महानगरीय अपराध महाशाखाले औषधीजन्य पसल तथा फर्माहरुबाट बजार मूल्य भन्दा बढी रकम लिई नक्कली अक्सिमिटर बेचविखन गर्नेलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सिन्धुली घर भई बायोप्लस फर्मा कुलेश्वरका सञ्चालक २९ वर्षीय शिखर श्रेष्ठ, बाजुरा घर भई ललितपुर बस्ने २१ वर्षीय थुमराज उपाध्याय, स्याङ्जा घर भई नानोटेक थापाथलीका सञ्चालक २७ वर्षीय शेषकान्त अधिकारी, सुनसरी घर भएका चिरायु केडी ग्रुप प्रालिमा कार्यरत ३९ वर्षीय पुष्कर घिमिरे, मोरङका इन्डस्ट्रियल कम्पनीमा कार्यरत ४४ वर्षीय विशाल आचार्य, सिन्धुपाल्चोकका २१ वर्षीय सन्तोष भण्डारी र भारत राजस्थान घर भई ढुंगे अड्डा बस्ने ५५ वर्षीय जगदिश प्रसाद रानासरिया रहेका छन्।

यी फर्मा तथा औषधि पसलहरुले बिक्री गर्ने अक्सिमिटरमा उत्पादन मिति, म्याद समाप्त मिति, खरिद बिक्री मूल्य, उत्पादक कम्पनीको नाम लगायत केही पनि उल्लेख छैन।

यी अक्सिमिटर चीनबाट मास्कको तुना ल्याउँदा लुकाएर ल्याएको पाइएको छ।

बजार मुल्य ६/७ सय पर्ने अक्सिमिटर २२ सय २० रुपैयाँसम्ममा बिक्री गरेको पाइएको महाशाखाले जनाएको छ।

उनीहरुको साथबाट प्रहरीले ७ सय ६५ वटा अक्सिमिटर बरामद गरेको छ।

उनीहरुलाई कालोबजार ऐन अन्तर्गत कारबाही थालिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad