प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई मत दिएर संसद विघटन गर्ने बाटो रोक्न आग्रह गरेका छन्।
सोमबार संसदमा नेताहरुले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भने, ‘मत दिनुस् न कसरी विघटन हुन्छ?’
उनले संसदको पुरै कार्यकाल चलाउने हो भने आफूलाई विश्वासको मत दिन सबै पार्टीसँग आग्रह गरे।
‘संसद पुरै पाँचै वर्ष चल्नको लागि विश्वासको मत दिऔं, स्थिरताको लागि मत दिऔं,’ ओलीले भने, ‘मुद्दा लडेर ल्याएको संसद बचाऔं, भोट दिऔं, भोट दिऔं।’
3
Shares

प्रतिक्रिया