प्रदेश २ प्रहरीले विभिन्न कलकारखाना र उद्योगहरुमा राखिएका अक्सिजन ग्यास सिलिन्डर नियन्त्रणमा लिएको छ।
देशै कोरोनाविरुद्ध लागिरहेको अवस्थामा स्वास्थ्यबाहेकका प्रयोजनका लागि राखिएका सात सय सिलिन्डर नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
बरामद गरिएकामध्ये १ सय ३२ सिलिन्डर अक्सिजन भरिएको अवस्थामा र ५ सय ६८ खाली सिलिन्डर छन्।
ती सिलिन्डरहरु अक्सिजन प्लान्ट उद्योग, अस्पताल र आधिकारिक वितरकसमक्ष बुझाई स्वास्थ्य प्रयोजनमा प्रयोग गराउने काम सुरु भएको छ।
सिलिन्डर स्टक राख्नेविरुद्ध कारबाही अघि बढाएको प्रहरीले जनाएको छ।
3
Shares
प्रतिक्रिया