ad ad

समाज


जेरुसलेमको मस्जिदमा हिंसा, इजरायली प्रहरीले गोली चलाउँदा १६३ प्यालेस्टाइनी घाइते

जेरुसलेमको मस्जिदमा हिंसा, इजरायली प्रहरीले गोली चलाउँदा १६३ प्यालेस्टाइनी घाइते

नेपालखबर
बैशाख २५, २०७८ शनिबार ७:३२,

बीबीसीका अनुसार पछिल्लो केही दिनयता त्यहाँ तनाव जारी छ। जेरुसलेमको स्वामित्वको विषयलाई लिएर इजरायली र प्यालेस्टाइनी नागरिकबीच झडप भइरहेको हो।

जेरुसलेमको स्वामित्वको विषयमा इजरायल र प्यालेस्टाइनबीच दशकौंयता विवाद जारी छ।

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प सरकारमा रहँदा अमेरिकाले जेरुसलेमलाई इजरायलको राजधानी स्वीकार गरेको घोषणा गरेपछि विवाद झनै चर्किएको छ।

अल–अक्सा मस्जिद जेरुसलेमको पुरानो शहरमा छ। यस मस्जिदलाई मुसलमानको पवित्रस्थल मानिन्छ।

तर यहाँ यहुदीको पवित्र माउन्ट मन्दिर पनि छ। यहाँ पहिल्यैबाट हिंसा हुने गरेको छ। शुक्रबार राति रमजान पर्वको लागि हजारौं जम्मा भएपछि हिंसा भएको थियो।

रोयटर्सका अनुसार मस्जिदको स्पिकरको साउन्ड सानो बनाउन भनिएपछि झडप भएको थियो।

झडप नियन्त्रणको प्रयास हुँदा इजरायलका प्रहरीले रबरका गोली चलाएका थिए। गोली लागेका ८८ जनासहित १६३ प्यालेस्टाइनी नागरिक घाइते भएका छन्।

यस्तै ६ प्रहरी पनि घाइते भएका छन्। सन् २०१६ मा संयुक्त राष्ट्रसंघले अल–अक्सा मस्जिदमा यहुदीको दाबी नरहेको उल्लेख गर्दै त्यहाँ मुस्लिमहरुको हक रहेको बताएको थियो। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .