समाज


भेरी अस्पतालकी नर्स केसी भन्छिन् : विरामीको यो अवस्था देख्दा आत्तिन्छौं (भिडिओ)

भेरी अस्पतालकी नर्स केसी भन्छिन् : विरामीको यो अवस्था देख्दा आत्तिन्छौं (भिडिओ)

नेपालखबर
बैशाख २५, २०७८ शनिबार ७:२२,

ईश्वरी केसी नेपालगन्जको भेरी अस्पतालकी नर्सिङ अधिकृत हुन्।

नेपालगन्ज लगायत त्यस क्षेत्रमा कोरोनाको उपचारमा भेरी अस्पतालले सेवा दिइरहेको छ।

तर कोरना विरामीको संख्या बढिरहँदा अस्पतालमा बेडदेखि अक्सिजनको समस्या त छँदैछ।

स्वास्वस्थ्यकर्मीको पनि अभाव भइरहेको छ।

केसीले अग्रपंतिमा रहेर विरामीको सेवा गर्न पाउँदा खुसी लागेको बताउँछिन्। सुरुमा आफूपनि संक्रमित भएको बताउँदै उनले परिवारमा पनि कोरोना संक्रमण भएको बताइन्।

केसीको भनाई उनकै शब्दमा : 

सुरुमा म संक्रमित भए। अग्रपंतिमा रहेर विरामीको सेवा गर्न पाउँदा एक किसिमको खुसी र गर्व पनि महसुस भएको छ। विरामीलाई छटपटाएको देख्दा एकदमै दु:ख लाग्छ।

५ गते म पनि संक्रमित भए। लगभग ८ दिन आराम लिए। म सहित मेरो परिवार नै संक्रमणमा पर्यो।

सुरुमा डर लागेजस्तो भयो। पछि धेरैजना संक्रमित भएपछि एक अर्कामा फोनबाट भएपनि आफ्ना कुराहरु साटासाट गर्न थाल्यौं। त्यसमा एक दुई जना स्टाफलाई अलिकति गाह्रो भएको थियो।

यहाँ हाम्रो अस्पतालमा आउँदाखेरि विरामीलाई स्वास फेर्न एकदम गाह्रो भइरहेको हुन्। त्यो देख्दा हामी पनि आत्तिन्छौं।

तर हामी आत्तिँदा विरामी पनि धेरै आत्तिने भएको हुनाले संयम हुनुपर्छ। हामी संयम नभए विरामी पनि आत्तिने हुँदा भिजिटरलाई पनि परामर्श गरिराखेका हुन्छौं।

काम गर्दा गर्दै संक्रमित भएपनि आफ्नो आत्मबल उच्च बनायो भने धेरै गाह्रो हुँदैन। जसले खटिएर काम गर्नु भएको छ उहाँलाई हामीले कदर गर्ने काम गरिरहेका हुन्छौं। जसको कारण उहाँरुको मनोवल उच्च हुन्छ।

अहिले हामी व्यवस्थापन र विरामी रेखदेखमा एदमै व्यस्त छौं। मेरो घरमा पनि सबै परिवार नै संक्रमित हुनुहुन्छ।

त्यही भएर अलिकति केही समय आधा घण्टा भए पनि समय छुट्याएर उहाँहरुको खानपिन व्यवस्था के छ भन्ने कुराहरुमा हेर्न सयम दिन कोशिस गरिरहेको छु।

घरमा गएपछि गीत पनि अलि अलि सुनिन्छ युट्युव हेरेर। बेलुकाको समयमा आधा घण्टा भएपनि एकछिन छतमा गएर ताजा हावा खाउँ भनेर छतमा बसेर एक अर्काको कुराहरु सुन्ने काम गरिरहेका हुन्छौं।

भिडिओ हेर्दा सुरुमै कोभिडसँग सम्वन्धित भिडिओ हेर्न मन लाग्छ। त्यसमा पनि स्वास्थ्यकर्मीलाई प्रेरणात्मक भिडियोहरु हेर्छु।

उहाँहरुले एकदमै राम्रो काम गरिरहनुभएको छ, वाह भनेको हेर्दा गर्व लाग्छ।

फेसवुकमा पनि हामीले स्टेटस देखिरहेका हुन्छौं त्यो हेर्दा अलिकति आफूलाई गर्व महसुस हुने र ताजा महसुस हुने हुन्छ।
(स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको भिडिओको आधारमा)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .