समाज


मलामी बोकेको जीप दुर्घटना हुँदा १७ घाइते, दुई जना गम्भीर

मलामी बोकेको जीप दुर्घटना हुँदा १७ घाइते, दुई जना गम्भीर

नेपालखबर
बैशाख २४, २०७८ शुक्रबार १०:४८,

पर्वतको कुश्मा नगरपालिका–१० पीपलटारीमा आज बिहान मलामी बोकेको जीप दुर्घटना हुँदा १७ घाइते भएका छन्।

वडा नं १३ खौलालाँकुरीदेखि सदरमुकाम कुश्माबजारस्थित अस्पतालसम्म आउँदै गरेको ग२च ५२१३ नंको जीप कुश्मा–१० सिमखेतमा दुर्घटना हुँदा १७ जना घाइते भएका हुन्।

घाइतेमध्ये १६ वर्षीय अमन परियार र ५७ वर्षीय माने परियारलाई गम्भीर चोट लागेको छ। घाइतेको अहिले जिल्ला अस्पतालमा उपचार भइरहेको छ। गम्भीर घाइते भएका बिरामीलाई थप उपचारका लागि पोखरा पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विश्वराज अधिकारीले बताए।

घाइते हुनेमा एउटै गाउँका बलबहादुर परियार, डिलबहादुर परियार, रामचन्द्र परियार, शक्ति परियार, मिठु परियार, सुमित परियार, रविना परियार, अङ्कित परियार, उज्ज्वल परियार, बाबुराम परियार, डिले परियार, मीन परियार, अनिनाथ परियार, अमृशा परियार र पृथ्वी परियार रहेका छन्। सामान्य घाइते रहेका चालक अनिनाथ परियारलाई प्रहरीको निगरानीमा उपचार भइरहेको छ।

उनीहरु कुश्मा–१३ खौलालाँकुरीकै विष्णु परियारको अस्पतालमा मिर्गौला डायलासिस गराउने क्रममा मृत्यु भएपछि शव जिम्मा लिनका लागि अस्पताल आउने क्रममा दुर्घटना भएको हो।

विष्णुको जिल्ला अस्पतालमा यही वैशाख २३ गते मृत्यु भएको हो। क्षमताभन्दा बढी यात्रु बोकेको जीप ओरालो सडकमा अनियन्त्रित हुँदा दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad