स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भारतसँग भएको सम्झौता अनुसार बाँकी खोप तत्काल आउन नसक्ने जनाएको छ।
शुक्रबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले तत्काल ५० लाख मात्रा कोभिसिल्ड खोप खरिद गर्ने अवस्था नरहेको प्रष्ट पारेका हुन्।
औषधि व्यवस्थापन विभागको आपतकालिन प्रयोगका लागि अनुमति प्राप्त कोभिशिल्ड खोप २० लाख डोज ४ डलरका दरले खरिद गर्ने भनिए पनि १० लाख डोज मात्रै प्राप्त भएको छ।
बाँकी खोप वर्तमान विश्व परिस्थिति र भारतको अवस्थाले तत्काल नआउने देखिएको मन्त्रालयले जनाएको छ।
सेरम इन्सटिच्युट इन्डियाले नेपाललाई खोप आपूर्ति गर्नु आफ्नो प्राथमिकता रहेको बताए पनि कम्पनीमा भएको आगलागी र क्षमता विस्तारमा अवरोध भएकाले खोप आउन ढिलाइ हुने भएको हो।
अन्य कम्पनीका खोप औषधि व्यवस्थापन विभागबाट स्वीकृति पाएको र पाउने क्रममा रहेको मन्त्रालयले जनाएको छ।
सरकारले अन्य खोप प्राप्त गर्नका लागि कूटनैतिक तथा अन्य माध्यमबाट समेत प्रयास गरिरहेको जनाएको छ।
कोभिसिल्ड खोप खरिद सम्बन्धमा स्वास्थ्य सेवा विभागले नै निर्णय गर्ने भएकाले नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई संलग्न गरी आएका समाचारमा सत्यता नरहेको पनि मन्त्रालयले दाबी गरेको छ।
हेर्नुहोस् मन्त्रालयको विज्ञप्ति :


प्रतिक्रिया