प्रहरी परिसर ललितपुरले जिल्लामा रहेका प्रयोगविहीन सिलिण्डरको खोजी कार्य सुरु गरेको छ।
बिहीबार जिल्लाका विभिन्न स्थानबाट १५९ वटा संकलन गरिएको परिसर प्रवक्ता एसपी प्रज्वल महर्जनले बताए।
प्रयोगविहीन अवस्थामा स्टक गरिएका सिलिण्डरहरु संकलन गरी अति आवश्यक अस्पतालहरुमा बुझाएको छ।
यस्तै जिल्लामा रहेका अक्सिजन प्लान्टहरुको हालको अवस्था, उद्योगीहरुको रोटेसनमा नरहेका अक्सिजन सिलिण्डरहरुको विवरण समेत माग गरेको छ।
प्रहरीले स्टक र डम्प भई बसेका सिलिण्डरहरुको खोजी कार्य तीव्ररुपमा गरिरहेको पनि जनाएको छ।
संकलन गरिएका सिलिण्डरमध्ये पाटन अस्पतालमा ५० थान, किस्ट मेडिकल कलेजमा ३० थान, वज्रवाराही अस्पतालमा १० थान र अल्का अस्पताल जावलाखेलमा १५ थान बुझाएको छ।

प्रतिक्रिया