समाज


कोरोना संक्रमणबाट संसद सचिवालयका उपसचिवको मृत्यु

कोरोना संक्रमणबाट संसद सचिवालयका उपसचिवको मृत्यु

नेपालखबर
बैशाख २४, २०७८ शुक्रबार ६:२१,

कोरोना संक्रमणका कारण प्रतिनिधि सभा संसद सचिवालयका उपसचिव कृष्णराज खनालको मृत्यु भएको छ।

शुक्रबार बिहान अस्पताल कलंकीस्थित शहिद ममोरियल अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको संसद सचिवालयले जनाएको छ।

बुधबार गरिएको परीक्षणमा चार सांसद र सचिवालयका तीन कर्मचारीमा संक्रमण पुष्टि भएको थियो।

संक्रमण पुष्टि भएपछि चन्द्रागिरी–१२ स्थित घरमै आइसोलेसनमा बसेका उनलाई शुक्रबार बिहान गाह्रो भएपछि अस्पताल लगिएको थियो।

वैशाख २७ गते संसद वैठक बोलाइएपछि सांसद र सचिवालयका कर्मचारीको पनि कोरोना परीक्षण गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad