ad ad

समाज


बारामा आजदेखि अनिश्चितकालीन निषेधाज्ञा, बिहान ५ घण्टामात्रै पसल खाेल्न पाइने

बारामा आजदेखि अनिश्चितकालीन निषेधाज्ञा, बिहान ५ घण्टामात्रै पसल खाेल्न पाइने

नेपालखबर
बैशाख २३, २०७८ बिहिबार ७:२१,

फैलिँदै गइरहेको कारोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्न बारामा आजदेखि निषेधाज्ञा जारी भएको छ।

जिल्ला प्रशासन कार्यालय बाराले बिहान ६ बजेदेखि लागू हुने गरी अनिश्चित समयका लागि निषेधाज्ञा जारी गरेको हो।

गत मंगलबार कलैयामा जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बारा र पालिका प्रमुखहरुबीच भएको संयुक्त बैठकले अनिश्चितकालीन निषेधाज्ञा लागू गर्ने निर्णय गरेको थियो।

बाराका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले संक्रामक रोग ऐन २०२० को दफा २ र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम निषेधाज्ञा जारी गरेको बताए।

उनले अति आवश्यकबाहेक घरबाट बाहिर ननिस्किन सबैमा आग्रह गरेका छन्।

निषेधाज्ञामा खाद्यान्न, सागसब्जी, माछामासु, औषधि उपकरण बिक्री गर्नेबाहेकका पसल शनिबारबाहेक प्रत्येक दिन बिहान ६ बजेदेखि ११ बजेसम्म मात्र स्वास्थ्यका मापदण्ड अपनाएर सञ्चालन गर्न पाइने जनाएको छ।

हाटबजार, मेला, जात्राजस्ता भीडभाड हुने कार्यक्रम नगर्न समेत प्रशासनले आग्रह गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .