समाज


भारतमा एक महिनापछि महामारी कम हुने वैज्ञानिकको दाबी

भारतमा एक महिनापछि महामारी कम हुने वैज्ञानिकको दाबी

नेपालखबर
बैशाख २३, २०७८ बिहिबार ३:७,

भारतमा कोरोना संक्रमणको ‘आँधी’ अझै थामिने छाँटकाँट देखिएको छैन। बरु झनझन् गति तीव्र बन्दै गएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार भारतमा पछिल्लो २४ घण्टामा यति अवधिभित्र अहिलेसम्मकै बढी ४ लाख १२ हजार ३७३ जना संक्रमित थपिएका छन्। यही अवधिभित्र कोरोना संक्रमणका कारण ३ हजार ९७९ जनाको मृत्यु पनि भएको छ।

एक दिन (२४ घण्टा) मा ४ लाखभन्दा बढी व्यक्तिमा संक्रमण पुष्टि भएको यो दोस्रोपटक हो। यसअघि अप्रिल ३० मा ४ लाख २ हजार १४ जनाका संक्रमण पुष्टि भएको थियो भने ३ हजार ५२५ संक्रमितको मृत्यु भएको थियो।

कहिले थामिएला महामारी?
भारतकी प्रख्यात् भाइरोलोजिस्ट गगनदीप कांगले यही मे महिनाको अन्त्यसम्ममा त्यहाँ कोरोना संक्रमणको दर कम हुँदै जाने दाबी गरेकी छन्।

बुधबार भारतीय महिला प्रेस कोरकी सदस्यसँग भर्चुअल संवाद क्रममा उनले भनिन्, ‘जुन किसिमको अवस्था देखिएको छ, त्यसबाट यही मे महिनाको मध्यदेखि अन्त्यसम्ममा कोरोनाको प्रभाव कम हुने अनुमान गर्न सकिन्छ। केही तथ्यांक विचार गर्दा जुनको सुरुवातमा संक्रमण दर कम हुन थाल्ने देखिन्छ। यस आधारमा यही मे महिनाको अन्त्यदेखि संक्रमण दर घट्ने सम्भावना निकै देखिन्छ।’

कांग भारतकी प्रथम महिला वैज्ञानिक हुन्। उनी भाइरस तथा ब्याक्टेरियाबाट हुने रोगबारे अनुसन्धान गर्छिन्।

उनी अहिले पन्जाब र आंध्र प्रदेश सरकारको सल्लाहकारका रूपमा महामारी नियन्त्रणका लागि सहयोग गरिरहेकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad