समाज


अब काठमाडौँबाहेक देशका थप चार विमानस्थलबाटसमेत आकस्मिक उडान गर्न सकिने

अब काठमाडौँबाहेक देशका थप चार विमानस्थलबाटसमेत आकस्मिक उडान गर्न सकिने

नेपालखबर
बैशाख २३, २०७८ बिहिबार २:४६,

सरकारले त्रिभुवन विमानस्थल काठमाडौंबाहेक देशका थप चारवटा विमानस्थलबाटसमेत आकस्मिक उडानको अनुमति दिएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन विमानस्थल काठमाडौं बाहेक मोफसलका थप चार विमानस्थललाई आकस्मिक उडान गर्न सकिने गरी अधिकार प्रत्यायोजन गरेको हो।

अब वायुसेवा कम्पनीले आपतकालिन अवस्थामा काठमाडौं बाहेक मोफसलका थप चार विमानस्थलबाटसमेत आकस्मिक उडान अनुमति लिन सक्ने प्राधिकरणले जनाएको छ।

त्रिभुवन विमानस्थल काठमाडौं, नेपालगन्ज नागरिक उड्डयन कार्यालय, पोखरा नागरिक उड्डयन कार्यालय, सुर्खेत नागरिक उड्डयन कार्यालय र लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलबाट आकस्मिक उडानको अनुमति लिन सकिने प्राधिकरणले जनाएको छ।

कोरोना संक्रमणको जोखिम बढेसँगै सरकारले २१ वैशाखदेखि देशभित्र हुने नियमित हवाइ उडानमा प्रतिवन्ध लगाएको छ। आन्तरिक उडानमा प्रतिवन्ध लगाएपछि सरकारले काठमाडौंबाट मात्र आकस्मिक उडानका लागि अनुमति दिएको थियो।
आजदेखि अन्तर्राष्ट्रिय उडानसमेत बन्द भएका छन्।

नियमित हवाइ उडान बन्द भए पनि मेडिकल, पर्वतारोहणमा गएका पर्वतारोहीको उद्धारका लागि हुने आकस्मिक उडान भने गर्न सकिने प्राधिकरणले जनाएको छ। त्यसैगरी कार्गो र चार्टर्ड उडानसमेत खुला छ।

प्राधिकरणले सम्बन्धित कार्यालयलाई अधिकार प्रत्यायोजन गरि जारी भएका उडान अनुमतिको विवरण प्रधान कार्यालयमा पठाउन अनुरोध गरेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad