समाज


अवकाशप्राप्त सैनिक स्वास्थ्यकर्मीलाई तयारी हालतमा रहन सेनाको निर्देशन

अवकाशप्राप्त सैनिक स्वास्थ्यकर्मीलाई तयारी हालतमा रहन सेनाको निर्देशन

नेपालखबर
बैशाख २२, २०७८ बुधबार ९:१३,

नेपाली सेनाले स्वास्थ्य सेवाबाट अवकाशप्राप्त सेनालाई तयारी हालमा रहन निर्देशन दिएको छ।

नेपालमा बढिरहेको कोरोना संक्रमण रोकथामका लागि नेपाली सेनाले थप भूमिका निर्वाह गर्नुपर्ने पूर्वानुमान गर्दै अवकाशप्राप्त स्वास्थ्यकर्मीलाई बोलाउने तयारी गरेको हो।

जंगीअड्डामा प्रधानसेनापति पूर्णचन्द्र थापाको अध्यक्षतामा बसेको विशेष बैठकले २०७२ सालभन्दा पछाडि अवकाश पाएका स्वास्थ्यकर्मीलाई बोलाउन सक्ने जनाएको छ।

‘राष्ट्रलाई आवश्यक परेको बखत बोलाउन सक्ने गरी तयारी हालतमा रहन निर्देशन जारी गरिएको छ’, सेनाले भनेको छ।

सरकारले नेपाली सेनालाई एक हजार बेड कोभिड संक्रमितको उपचारका लागि तयार गर्न निर्देशन दिएको जनाएको छ। सेनाले यसअघि पनि आफ्ना विभिन्न अस्पतालमा संक्रमित सर्वसाधारणको उपचारका लागि बेड छुट्याइसकेको छ। तर त्यहाँ उपचार भने सुरु भइसकेको छैन।

वीरेन्द्र सैनिक अस्पताल, नेपालगन्ज, पोखरा र इटहरीमा दुई दुई सय र धनगडी र वर्दिबासमा एक एक सय शय्या सेनाले कोभिडको उपचारका लागि तयार गरिसकेको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad