पर्सामा थप १६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। वीरगञ्जमा गरिएको परीक्षणमा बिहीबार बिहान थप १६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
नारायणी अस्पतालमा २८८ जनाको स्वाबको नमूना परीक्षण गर्दा १० वर्षदेखि ७७ वर्ष उमेर समुहका १३३ पुरुष र ३६ महिलामा सङ्क्रमण पुष्टि भएको अस्पताल प्रशासनले जनाएको छ।
भेटिएका सङ्क्रमितमध्ये सबैभन्दा बढी पर्सा जिल्लाकै छन्। पर्साका १४०, बाराका २४, रौतहटबाट तीन र सप्तरी तथा दैलेखका एक/एक जनामा सङ्क्रमण पुष्टि भएको नारायाणी अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले जानकारी दिए।
पर्सामा कोरोना सङ्क्रमणको दोस्रो लहर सुरु भएपछि एक दिनमै फेला परेका सङ्क्रमितमध्ये यो सबैभन्दा बढी हो। योसँगै पर्सामा सङ्क्रमितको कुल सङ्ख्या चार हजार ३१७ पुगेको छ।
त्यस्तै सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार १३५ पुगेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ। कोरोना संक्रमण तीव्र गतिमा फैलिएपछि स्थानीय प्रशासनले आजदेखि लागू हुनेगरी पर्सामा एक साताको लागि निषेधाज्ञा लागू गरेको छ। राससको सहयोगमा

प्रतिक्रिया