समाज


काठमाडौंमा निषेधाज्ञा कडा : ५६ स्थानमा चेकजाँच, ५ सयभन्दा बढी व्यक्ति कारबाहीमा परिसके

काठमाडौंमा निषेधाज्ञा कडा : ५६ स्थानमा चेकजाँच, ५ सयभन्दा बढी व्यक्ति कारबाहीमा परिसके

नेपालखबर
बैशाख १६, २०७८ बिहिबार ४:१४,

कोरोना संक्रमण बढेपछि काठमाडौैं उपत्यकामा आज बिहान ६ बजेबाट निषेधाज्ञा लागू गरिएको छ।

जिल्ला प्रशासन कार्यालयहरूको निर्णयअनुसार सुरुमा एक हप्ताका लागि अर्थात् वैशाख २२ गते राति १२ बजेसम्मका लागि ‘लकडाउन’ गरिएको हो।

कडाइसाथ निषेधाज्ञा लागू गराउन बिहानैदेखि प्रहरी सक्रिय भएको छ। त्यसका लागि उपत्यकाका ५६ स्थानमा ट्राफिक र नेपाल प्रहरीले संयुक्त रूपमा चेकजाँच गरिरहेका छन्।

काठमाडौंमा ४४, ललितपुरमा ८ र भक्तपुरकाा ४ स्थानमा चेकजाँच भइरहेको काठमाडौं महानगरीय प्रहरी कार्यालयका प्रवक्ता सुशीलसिंह राठौरले जानकारी दिए।

निषेधाज्ञा कार्यन्वयनका लागि ३ जिल्लामा ३ हजार २ सय नेपाल प्रहरी र ५ सय ट्राफिक प्रहरी परिचालन गरिएको छ।

ktmluckdown8

नियम उल्लंघन गर्ने सवारीसाधान तथा सर्वसाधारणलाई प्रहरीले कारबाही गरिरहेको छ।

प्रहरीका अनुसार बिहान १० बजे अगाडिसम्म ५ सयभन्दा बढी व्यक्ति कारबाहीमा परिसकेका छन्।

काठमाडौंमा २ सय ९ जना, ललितपुरमा २ सय १७ र भक्तपुरमा १ सय ७ जनालाई सडकमै केहीबेर उभ्याएर कारबाही गरिएको महानगरीय प्रहरी कार्यालयले जनाएको छ।

यस्तै १७७ दुईपांग्रे र ४१ वटा चारपांग्रे सवारीसधानलाई पनि प्रहरीले निन्त्रणमा लिएको छ।

यी पनि : 

काठमाडौं उपत्यकामा पहिलो चरणको निषेधाज्ञा सुरु

काठमाडौंमा ‘लकडाउन’ (फोटो फिचर) 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad