तनहुँको ऋषिङ गाउँपालिका-१ धारापानीमा बुधबार साँझ स्कुटर दुर्घटनामा हुँदा दुई जनाको मृत्यु भएको छ।
ऋषिङ–४ थप्रेकबाट दमौलीतर्फ आउँदै गरेको ग १८ प ३७७ नम्बरको स्कुटर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा ऋषिङ–४ का ३७ वर्षीय सन्देश गजमेर र सोही ठाउँकी २६ वर्षीया पवित्रा रानाभाट रहेका जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए।
दुर्घटनामा गम्भीर घाइते भएका सन्देशलाई दमौली अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए भने पवित्राको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको डिएसपी तिमित्सिनाले जानकासी दिए
प्रहरीका अनुसार सन्देश बालविकास माध्यमिक विद्यालयमा लेखापालका रूपमा कार्यरत थिए भने पवित्रा महेन्द्रज्योति माध्यमिक विद्यालयमा शिक्षक थिइन्।
कोरोना सङ्क्रमणका कारण विद्यालय बन्द भएपछि उनीहरु दमौली फर्किँदै गर्दा दुर्घटना भएको हो। ओरालोमा ब्रेक फेल भई अनियन्त्रित भई स्कूटर पल्टिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। रासस
Shares

प्रतिक्रिया