समाज


अमेरिकाबाट फर्किए आईजीपी कार्की

अमेरिकाबाट फर्किए आईजीपी कार्की

नेपालखबर
असार ३१, २०८३ बुधबार १२:३३, काठमाडौँ

प्रहरी महानिरीक्षक दानबहादुर कार्की अमेरिकाबाट स्वदेश फर्किएका छन्। 

संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय न्यूयोर्कमा असार २३ देखि २४ गतेसम्म सञ्चालन भएको पाँचौँ युनाइटेड नेशन्स चिफ अफ पुलिस समिटमा नेपालको तर्फबाट सहभागी भएर बुधबार स्वदेश फर्किएका हुन्। 

प्रहरी महानिरीक्षक कार्कीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी सबै अतिरिक्त महानिरीक्षकहरूसहितका प्रहरी अधिकारीले स्वागत गरेका छन्। आईजीपीको स्वागतमा प्रहरीका नौ जना एआईजी विमानस्थल पुगेका थिए। 

समिटमा सहभागी हुन नेपाल प्रहरी महानिरीक्षक कार्कीसँगै सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेल पनि अमेरिका पुगेका थिए। यसक्रममा उनीहरू संयुक्त राष्ट्रसंघ र विभिन्न राष्ट्रका उच्चपदस्थ अधिकारीहरूसँग द्विपक्षीय भेटघाट गरेका थिए। 

कार्यक्रममा संयुक्त राष्ट्र प्रहरीको भविश्यबारे चिन्तन, नयाँ प्रविधिको उपयोग, अन्तर्राष्ट्रिय सहयोग सुदृढीकरण, संयुक्त राष्ट्र शान्ति स्थापनालाई सुदृढीकरण गर्न भाषा प्रशिक्षण, लैङ्गिक उत्तरदायी प्रहरी सेवामा उच्च स्तरीय सञ्जाललगायत विषयमा छलफल भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ। 

आईजी कार्की र सशस्त्र प्रहरी आईजी पौडेल असार २१ गते अमेरिका प्रस्थान गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad