सुनसरी दुहबी नगरपालिका ८ फुटानी चोकस्थित पशुपती फ्याक्ट्रीका एक मजदुरको लिफ्टमा चेपिएर मृत्यु भएको छ।
मंगलबार बेलुका ९ बजे सो फ्याक्ट्रीमा दुई तलामाथि सामान लैजाने क्रममा लिफ्टमा अचानक टाउको चेपिएर भारत बिहार सम्सतिपुरका १९ वर्षीय रुपेश कुमारको मृत्यु भएको ईलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको सो कार्यालयले जनाएको छ।

प्रतिक्रिया