समाज


भारतमा शक्तिशाली भूकम्प, ठूलो क्षति भएको अनुमान

भारतमा शक्तिशाली भूकम्प, ठूलो क्षति भएको अनुमान

नेपालखबर
बैशाख १५, २०७८ बुधबार ५:१६,

भारतको असममा आज (बुधबार) बिहान शक्तिशाली भूकम्प गएको छ।

भारतको नेसनल सेन्टर फर सिस्मोलोजीका अनुसार बुधबार बिहान ७:५१ बजे ६.४ म्याग्निच्युडको भूकम्प गएको हो।

क्षतिको एकिन विवरण प्राप्त भइसनसकेको भए पनि भूकम्प गएका क्षेत्रमा ठूलो क्षति भएको खबर आइरहेको भारतीय पत्रिका अमर उजालाले जनाएको छ।

उसका अनुसार थुप्रै पर्खाल र रूढ ढलेका जानकारी प्राप्त भइरहेका छन्।

असम राज्यका मुख्यमन्त्री सर्बानन्द सोनोवालले हरेक नागरिक सुरक्षित रहुन् भन्ने कामना गरेका छन्। राज्यका सबै जिल्लाको क्षतिको विवरण संकलन भइरहेको उनले बताएका छन्।

गुवाहटी र तेजपुरमा भूकम्पको तीव्र झट्का महसुस भएको थियो। मानिसको भागाभाग भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad