समाज


कोरोना संक्रमित पूर्वराजा र रानीको अक्सिजन सपोर्टमा उपचार जारी

कोरोना संक्रमित पूर्वराजा र रानीको अक्सिजन सपोर्टमा उपचार जारी

नेपालखबर
बैशाख १४, २०७८ मंगलबार १२:१,

कोरोना संक्रमित पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाहलाई अक्सिजनको सपोर्टमा उपचार जारी छ। 

कोरोना संक्रमित भएपछि राजदम्पती शनिबार १ बजे नर्भिक अस्पतालमा भर्ना भएका थिए। उनीहरुसँगै छोरी प्रेरणा पनि अस्पताल भर्ना भएकी थिइन्।

कोरोनाबाट संक्रमितहरुमा हुनसक्ने श्वासप्रश्वासको समस्या जटिल नबनोस् भनेर पूर्वराजा र रानीलाई अक्सिजनको सपोर्टमा उपचार जारी राखिएको नर्भिक अस्पतालले जनाएको छ।

उनीहरुसँगै अस्पताल भर्ना भएकी पूर्वअधिराजकुमारी प्रेरणा शाहलाई भने अक्सिजनको सपोर्ट दिन नपरेको अस्पतालले जनाएको छ।

तीनै जनाको अवस्था सामान्य र स्थिर रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन्।

हरिद्वारको कुम्भ मेलामा सहभागि भएर आएपछि राजदम्पतीमा बैशाख ७ गते कोरोना पुष्टि भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad