कास्कीमा बुधबारदेखि एक साता निषेधाज्ञा लागू हुने भएको छ।
जिल्ला प्रशासन कार्यालय, कास्कीले बुधबारदेखि लागू हुने गरी एक साता लागि निषेधाज्ञा जारी गरेको हो।
संक्रामकम रोग ऐन र स्थानीय प्रशासन ऐनअनुसार वैशाख १५ गते विहान ६ बजेदेखि २१ गते राति १२ बजेसम्मका आदेश जारी भएको हो।
सावरी सधानमा भने जोरबिजोर लागू गरिएको छ।
जोरबार जोर नम्बरका सावारी र बिजोरबार बिजोर नम्बरका सवारीमात्र चलाउनु पर्ने छ। अत्यावश्यक सेवाका सवारीमा भने जोरबिजोर लागू छैन।
अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन सर्वसाधारणलाई भनिएको छ।
शैक्षिक संस्था, सिनेमा हल, पार्टी प्यालेस, फुटसल, सैलुन लगायतका सेबा बन्द हुनेछन्।
विवाह, ब्रतबन्ध र तथा अन्य संस्कारजन्य कार्यलाई होटल तथा पार्टी प्यालेसमा गर्न रोक लगाइएको छ।
घरमा यस्ता कार्य गर्दा तोकिएका १५ जना भन्दा बढी उपस्थित नहुन भनिएको छ।
खाद्यान्न र निर्माण सामाग्रीका पसलहरु विहान ५ बजेदेखि बेलुकी ८ बजेसम्म खोल्न पाइनेछ भने अरु पसल, डिपार्टमेन्ट स्टोर सपिङ मल बन्द रहनेछन्।


प्रतिक्रिया