कारोबार


आन्तरिक उडान बन्द गर्ने सरकारको तयारी

आन्तरिक उडान बन्द गर्ने सरकारको तयारी

नेपालखबर
बैशाख १३, २०७८ सोमबार १०:१७,

नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडान बन्द गर्ने विषयमा छलफल गरेको छ।

प्राधिकरणले काेराेना फैलिनसक्ने भन्दै विभिन्न ठाउँमा लकडाउन तथा निषेधाज्ञा भएको जनाउँदै आन्तरिक उडान केही समय बन्द गर्ने विषयमा छलफल अगाडि बढाएको हो।

प्राधिकरणका एक उच्च अधिकारीले सोमबार दिउँसो बसेको प्राधिकरणको ‘म्यानेजमेन्ट टिम’ले अन्तर्राष्ट्रिय उडान खुल्ला गर्ने र आन्तरिक उडान बन्द गर्ने विषयमा छलफल गरेको छ।

‘काठमाडौं उपत्यकामा लकडाउन वा निषेधाज्ञा हुने भएको छ’, प्रधिकरणका ती अधिकारीले भने, ‘केही समयका लागि आन्तरिक उडान बन्द हुने देखिएको छ।’

आइतबार मात्रै त्रिभुवन विमानस्थलले वायुसेवा कम्पनीसँग हवाइ उडान कटौती गर्ने विषयमा छलफल गरेको थियो। तर व्यवसायीले उडान कटौती गर्न नहुने भन्दै बैठकबाट बाहिरिएका थिए।

व्यवसायी असहमत भए पनि बैठकपछि त्रिभुवन विमानस्थलले करिब ३० प्रतिशत हवाइ उडान कटौती गर्न प्राधिकरणलाई सिफारिस गरेको थियो।

‘हवाइ सेवा प्रदायकका साथीहरुले कटौती गर्न हुँदैन भने पनि सर्वसाधारणको स्वास्थ्यलाई ध्यान दिँदै करिब ३० प्रतिशत कटौती गर्न प्राधिकरणमा सिफारिस गरेका छौँ’, विमानस्थलका महाप्रबन्धक प्रताव बाबु तिवारीले नेपालखबरसँग भने, ‘विमानस्थलमा भीडभाड कम गर्न हवाइ कटौतीको सिफारिस गरेका छौँ।’

यता प्राधिकरणका अधिकारीले उडान कटौती नभई अब आन्तरिक उडान नै बन्द गर्ने विषयमा छलफल अघि बढेको दाबी गरे।

‘विभिन्न ठाउँमा निषेधाज्ञा र सडक यातायात बन्द भएको अवस्थामा आन्तरिक उडान पनि बन्द गर्नुपर्ने विषयमा छलफल भएको हो’, प्राधिकरणका ती अधिकारीले भने।

अन्तर्राष्ट्रिय उडानमा भने नेपाल–भारत उडानमात्रै सीसीएमसीले बन्द गर्न मन्त्रिपरिषदमा सिफारिस गरेको छ।

हवाइ सेवा कम्पनीका अनुसार पछिल्लो २÷३ दिनयता काठमाडौं उपत्यका छाड्नेको संख्या बढेको छ। यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्ताैलाका अनुसार काठमाडौं उपत्यका छाड्नेको संख्या वृद्धि हुनथालेको छ।

यसैबीच, उपत्यकाका स्थानीय तहले १६ गते राति १२ बजेदेखि निषेधाज्ञा जारी गरेको कारण आन्तरिक हवाइ यात्रा असहज हुने देखिएको भन्दै उडान संख्या सो दिनसम्म थप गरेको जनाएको छ।

एक सूचना जारी गर्दै कम्पनीले सबै गन्तव्यहरुमा उडान संख्या थपेको जनाएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad