समाज


कोरोना : वडाध्यक्षकी पत्नीको मृत्यु भएपछि गाउँपालिकामा लकडाउन

कोरोना : वडाध्यक्षकी पत्नीको मृत्यु भएपछि गाउँपालिकामा लकडाउन

नेपालखबर
बैशाख १३, २०७८ सोमबार ४:३९,

दाङको बबई गाउँपालिका-४ का वडाध्यक्ष टेकबहादुर ओलीकी पत्नीको कोरोना संक्रमणको कारण मृत्यु भएको छ।

वडाध्यक्ष ओलीकी पत्नी युवा ओलीको उपचारको क्रममा आइतबार मृत्यु भएको हो। बबई गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडेलका अनुसार उनलाई आइतबार मात्रै कोरोना पुष्टि भएको थियो।

श्वासप्रश्वासमा समस्या देखिएपछि शनिबार उनलाई उपचारका लागि नेपालगञ्ज लगिएको थियो। कोरोना संक्रमणले ग्रसित उनको उपचारकै क्रममा मृत्यु भएको अध्यक्ष पौडेलले जानकारी दिए।

गाउँपालिका लकडाउन
यसैबीच संक्रमण तीव्र बनेपछि सोमबार बिहानदेखि बबई गाउँपालिका क्षेत्रमा लकडाउन गरिएको छ । गाउँपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या र मृत्युदर बढ्न थालेपछि अर्को सूचना प्रकाशित नहुँदासम्मका लागि लकडाउन गरिएको गाउँपालिकाका प्रेस संयोजक प्रेमबहादुर राम्जाले जानकारी दिए।

बबई गाउँपालिकामा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या १९ पुगेको छ भने दुई जनाको मृत्यु भएको छ । स्थानीय प्रशासन, उद्योगी, व्यापारीसँग समन्वय गरेर गाउँपालिकाले लकडाउन गर्ने निर्णय गरेको हो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad