राजनीति


बर्दियाका अधिकांश स्थानमा एक हप्ता घरबाहिर निस्कन नपाइने (सूचना)

बर्दियाका अधिकांश स्थानमा एक हप्ता घरबाहिर निस्कन नपाइने (सूचना)

नेपालखबर
बैशाख १३, २०७८ सोमबार ४:१५,

बर्दियाका अधिकांश स्थानमा आज (सोमबार) मध्यरातिबाट निषेधाज्ञा लागू हुँदैछ।

बर्दिया जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेशअनुसार गुलरिया नगरपालिका, बाँसगढी, ठाकुरबाबा नगरपालिका, बढैयाताल गाउँपालिका, राजापुर नगरपालिकालगायत क्षेत्रमा आज राति १२ बजेदेखि वैशाख १९ गते राति १२ बजेम्मका लागि निषेधाज्ञा लागू हुने भएको हो।

निषेधाज्ञा लागू हुने क्षेत्रमा औषधि, खाद्यवस्तु खरिद तथा विकास निर्माणजस्ता अत्यावश्यक कामबाहेक अन्य अवस्थामा घरबाहिर ननिस्कन निर्देशन दिइएको छ।

साथै भारत आवतजावत गर्ने सबै नाका पूर्ण रूपमा नियन्त्रण गर्ने निर्णय पनि भएको बर्दियाका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले बताएका छन्।

विस्तृत कुरा तलको सूचनामा–

bardiyasu34

यो पनि : आज मन्त्रिपरिषद् बैठक बस्दै, ‘लकडाउन’बारे निर्णय गरिने

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad