समाज


डोनाल्ड ट्रम्प भन्छन्ः मलाई किम जोङ उन मनपर्छ

डोनाल्ड ट्रम्प भन्छन्ः मलाई किम जोङ उन मनपर्छ

नेपालखबर
बैशाख १२, २०७८ आइतबार ११:२०,

दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनको आलोचना गर्दै ट्रम्पले किमको प्रशंसा गरेका हुन्।

दक्षिण कोरियालाई धोकेबाजको संज्ञा दिँदै ट्रम्पले वार्तालापको सन्दर्भमा त्यहाँका राष्ट्रपति मुन जाय इन कमजोर नेता भएको बताए।

उनी भन्छन्,‘जहाँसम्म मैले किमलाई बुझेको छु, उनले दक्षिण कोरियाली राष्ट्रपति मुन पराउँदैनन्।’

ट्रम्प र किमबीच ३ तीनपटक भेटवार्ता भएको थियो। त्यसबेला अमेरिका र उत्तर कोरियाबीच महत्वपूर्ण विषयमा छलफल भएको थियो।

तर उनीहरु ठोस निर्णयमा नपुग्दा कुनै सहमति र सम्झौता कार्यान्वयन भएको छैन।

आफूलाई उत्तर कोरियाको त्रासबाट जोगाउन र दक्षिण कोरियालाई साथ दिन अमेरिकाले त्यहाँ २८ हाजार ५ सय सेना तैनाथ गरेको छ। न्युयोर्क पोस्ट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad