नेकपा एमाले केन्द्रीय कार्यालयको सचिवको जिम्मेवारी शेरबहादुर तामाङले औपचारिकरुपमा सम्हालेका छन्।
महासचिव इश्वर पोखरेलको उपस्थितिमा उनले पदभार ग्रहण गरेका हुन्।
एमाले महाधिवेशन आयोजक कमिटी सदस्य रहेका तामाङलाई १० गतेको बैठकले केन्द्रीय कार्यालयमा सचिवको जिम्मेवारी दिएको थियो।
जिम्मेवारी सम्हाल्दै तामाङले कार्यालय संचालनलाई थप चुस्त दुरुस्त बनाउने, पार्टीको नेता र कार्यकर्ताबीचको अन्तरसम्बन्धलाई थप बलियो बनाउने प्रतिबद्धता गरेका छन्।

प्रतिक्रिया