समाज


अपडेटः इराकको कोरोना अस्पतालमा आगलागी हुँदा ८२ जनाको मृत्यु

अपडेटः इराकको कोरोना अस्पतालमा आगलागी हुँदा ८२ जनाको मृत्यु

नेपालखबर
बैशाख १२, २०७८ आइतबार १०:२५,

यस घटनामा हालसम्म ८२ जनाको मृत्यु भएको सीएनएनले जनाएको छ।

राजधानी बग्दादमा शनिबार राति अल–खतिब अस्पतालमा भएको आगलागीमा परेर अन्य ११० व्यक्ति घाइते भएका छन्।

सामाजिक सञ्जालमा राखिएका भिडिओहरूमा अग्नि नियन्त्रकहरू आगो निभाइरहेका र मानिसहरू अस्पताल छाडेर भागिरहेका देखिन्छन्।

इराकका प्रधानमन्त्री मुस्तफा अल–कादिमिले दुःखद दुर्घटनाको कारण खोल्न तत्काल अनुसन्धान गर्ने भनेका छन्।

इराकका नागरिक सुरक्षा निकायका प्रमुख मेजर जनरल कादिम बोहानले राज्य सञ्चालित सञ्चारमाध्यमलाई बताएअनुसार अस्पतालको आईसीयू इकाईमा अक्सिजनको ट्यांक पड्किँदा आगलागी सुरू भएको थियो।

अस्पताल स्रोतले एएफपी समाचारसंस्थालाई बताएअनुसार कोभिड–१९ का गम्भीर बिरामीहरूको उपचार गर्न छुट्ट्याइएको कक्षमा ३० जना बिरामी आईसीयूमा थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad