खेल


सुपर लिगः दोस्रो हाफमा धनगढी एफसीविरुद्ध विराटनगर सिटीको अग्रता तेब्बर

सुपर लिगः दोस्रो हाफमा धनगढी एफसीविरुद्ध विराटनगर सिटीको अग्रता तेब्बर

नेपालखबर
बैशाख १२, २०७८ आइतबार १०:२३,

काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हिजोदेखि सुरु भएको सुपर लिग फुटबलमा अहिले धनगढी एफसी र विराटनगर सिटी फुटबल क्लबबीच खेल जारी छ।

पहिलो हाफमा १–० को अग्रता लिएको विराटनगरले दोस्रो हाफमा २ गोल थप्दै अग्रता तेब्बर बनाएको हो।

पहिलो गोल पहिलो हाफको १६औँ मिनेटमा विराटनगरका विक्रम धिमालले गरेका थिए। त्यस्तै ५६औँ मिनेटमा किपर बिट भएको मौका सदपुयोग गर्दै पेड्रो जेभियर मान्जी क्रुजले गोल गर्दै २–० को अग्रता दिलाए।

त्यस्तै ६९औँ मिनेटमा सन्तोष तामाङले गोल गर्दै विराटनगरको गोल अन्तर फराकिलो बनाए। उनले सुनिल बलको पासमा गोल गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad