समाज


कोरोना संक्रमित पूर्वराजदम्पतीलाई अक्सिजन दिएर उपचार

कोरोना संक्रमित पूर्वराजदम्पतीलाई अक्सिजन दिएर उपचार

नेपालखबर
बैशाख १२, २०७८ आइतबार ६:५५,

कोरोना संक्रमणपछि अस्पताल भर्ना भएका पूर्वराजा ज्ञानेन्द्र शाह दम्पतीलाई अक्सिजन सपोर्ट दिएर उपचार गरिएको छ।

पूर्वराजा शाह, पूर्वरानी कोमल र छोरी प्रेरणा हिजो स्वास्थ्यमा समस्या देखिएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका थिए।

'उहाँको अवस्था सामान्य छ। कोभिडको विरामी र उमेरका कारण पनि राजदम्पत्तीलाई अक्सिजन सपोर्ट दिएर उपचार थालिएको छ', नर्भिक अस्पतालका कम्युनिकेसन डिपार्टमेन्ट प्रमुख सोमनाथ बास्तोलाले भने, 'हिजो (शनिबार) केही लक्षण देखिए पनि आज लक्षण हराएका छन्।'

उनका अनुसार छोरी प्रेरणालाई भने अक्सिजन सपोर्ट दिनुपरेको छैन।

भारतको हरिद्वारमा भएको कुम्भ मेलामा सहभागि भएर आएपछि पूर्वराजदम्पतीलाई कोरोना संक्रमण भएको थियो। दिल्ली विमानस्थलबाट नेपाल आउने क्रममा गरिएको कोरोना परीक्षणमा नेगेटिभ आएको उनका संवाद सचिव फणि पाठकले बताए।

शाहलाई मंगलबार कोरोना संक्रमण पुष्टि भएको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad