समाज


मोरङमा युवकमाथि खुकुरी प्रहार, २ जना पक्राउ

मोरङमा युवकमाथि खुकुरी प्रहार, २ जना पक्राउ

नेपालखबर
बैशाख १२, २०७८ आइतबार ६:५०,

मोरङको पथरी शनिश्चरे नगरपालिका–८ मिलन चौकका २२ वर्षीय कृष्ण मगरमाथी खुकुरी प्रहार भएको छ।

शनिबार राति भएको खुकुरी प्रहारबाट मगर घाइते भएका छन्। घटनामा संलग्न २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा पथरी शनिश्चरे नगरपालिका ६ बस्ने २२ वर्षीय निरोज गोदी र सोही ठाउँ बस्ने १९ वर्षीय धिराज गोदी रहेका छन्।

पुरानो रिसइबीका कारण उनीहरुले कृष्णलाई राम जानकी मन्दिर छेउमा खुकुरी प्रहार गरी घाइते बनाएको मोरङ प्रहरीले जनाएको छ।

खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी हसन्दहबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

घाइते कृष्णको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad