समाज


काठमाडौंसहित देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा

काठमाडौंसहित देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा

नेपालखबर
बैशाख ९, २०७८ बिहिबार ०:५८,

काठमाडौंसहित देशका विभिन्न स्थानमा बिहीबार (आज) बिहानैदेखि वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाकी वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले बिहान साढे ६ बजेतिर नेपालखबरसँग कुरा गर्दा २/३ घण्टा अघिबाट वर्षा सुरु भएको बताइन्।

उनका अनुसार वर्षा गराउने मौसम प्रणाली दक्षिण भारतबाट प्रदेश २ हुँदै प्रवेश गरेको हो। प्रदेश २ मा वर्षा गराई अहिले यो प्रणाली क्रमशः बागमती, गण्डकी हुँदै अब प्रदेश १ तिर सर्ने क्रममा छ।

‘काठमाडौंमा अब ४०/४५ मिनेटपछि पानी पर्न रोकिने सम्भावना देखिएको छ,’ वरिष्ठ मौसमविद् मानन्धरले नेपालखबरसँग भनिन्, ‘त्यसपछि वर्षा प्रदेश १ तिर सर्न सक्छ।’

तर आज दिनभर देशैभर मौसम खुल्ने सम्भावना छैन।

वरिष्ठ मौसमविद् मानन्धरका अनुसार प्रिमनसुन भएकाले हावाहुरी र चट्याङको सम्भावना पनि रहन्छ।

केही दिनयता ठूलो वर्षा नभए पनि पानी परिरहेकाले वायु प्रदूषणको मात्रा केही कम भएको उनको अनुमान छ।

‘तर रातिबाट फेरि मौसम सुधार (वर्षा रोकिने) हुने देखिएको छ,’ उनले भनिन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad