राजनीति


माधव नेपालसँग भेटवार्तालगत्तै ओलीले गरे प्रचण्डलाई फोन

माधव नेपालसँग भेटवार्तालगत्तै ओलीले गरे प्रचण्डलाई फोन

नेपालखबर
बैशाख ९, २०७८ बिहिबार ०:१४,

आपसमा आरोपप्रत्यारोप तीव्र भइरहेकै बेला लामो समयपछि प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आश्चर्यकजनक रूपमा वरिष्ठ नेता माधवकुमार नेपालसँग बुधबार भेटवार्ता गरेका छन्।

दुर्ई नेताबीच काठमाडौंको मेरिएट होटेलमा झन्डै २ घण्टा छलफल भएको हो। त्यसपछि दुवै नेता प्रसन्न मुद्रामा बाहिरिएको प्रधामन्त्री ओलीका आर्थिक सल्लाहाकार मोतीलाल दुगडले जानकारी दिएका छन्। तर छलफलमा के कुरा भयो भन्नेबारे सार्वजनिक भइसकेको छैन।

नेता नेपालसँगको छलफल सकिएलगत्तै प्रधानमन्त्री ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि फोन गरेका छन्।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले संसद् विघटनयता यो तेस्रोपटक फोन गरेका हुन्। तर फोनमा के कुराकानी भयो भन्ने अहिले सार्वजनिक गरिएको छैन।

यसअघि पनि हालै ओलीले प्रचण्डलाई फोन गरेका थिए। तर भेट्न बालुवाटर नजाने सिंहदरबार भए आउने प्रचण्डको अडानका कारण भेट हुन सकेन। त्यस बेला ओलीले बालुवाटारमा सर्वदलीय बैठक राखेका थिए।

यसअघि सर्वाेच्च अदालतले नेकपा भंग र एमाले–माओवादी केन्द्र नै पुनःस्थापित भएको फैसला गरेपछि ओलीले प्रचण्डलाई फोन गरेका थिए। त्यतिबेला पनि प्रचण्डले भेट गर्न अस्वीकार गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad