नेपालमा जल परीको नामले परिचित १८ वर्षकी गौरिकाले सन् २०१९ मा सम्पन्न साग प्रतियोगितामा चार स्वर्ण, दुई रजत र तीन कास्य पदक जित्न सफल भएकी थिइन्।
९ वर्षको उमेरदेखि पौडी खेल्न थालेकी उनले १२ वर्षको उमेरदेखि नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिएकी हुन्।
सन् २०१६ को रियो ओलम्पिक्समा सबैभन्दा कम उमेरकी खेलाडी गौरिका नै थिइन्। गौरिका सन् २०२० को टोक्यो आलम्पिक्समा पनि छनौट भएकी थिइन्।
कोरोनाका कारण उक्त प्रतियोगिता यस वर्षको जुलाईमा सरेको छ। फोर्ब्स
प्रतिक्रिया