समाज


करेन्ट लागेर ६ तला माथिबाट खस्दा केवल अपरेटरको मृत्यु

करेन्ट लागेर ६ तला माथिबाट खस्दा केवल अपरेटरको मृत्यु

नेपालखबर
बैशाख ७, २०७८ मंगलबार १२:३२,

भक्तपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।

मंगलबार दिउँसो भक्तपुर नगरपालिका १ सल्लाघारीस्थित आकाशे पुल नजिक एक घरमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका २ कुन्चोकका २० वर्षीय संजीव भारतीको मृत्यु भएको हो।

भरतलाल श्रेष्‍ठको ६ तले पक्की घरबाट करेन्ट लागेपछि लडेर गम्भीर घाइते भएका उनलाई डा. ईवामुरा अस्पताल सल्लाघारी लगिएको थियो।

नेट केवल मर्मत गर्ने क्रममा उनलाई करेन्ट लागेको उनीसँगै त्यहाँ पुगेका केवलका कर्मचारीले बताएको भक्तपुर प्रहरीले जनाएको छ।

३२ वर्षीय रोहित तामाङ पनि केवल मर्मतका लागि सँगै त्यहाँ पुगेका थिए।

रोहित पोलमा र संजिव पक्की घर माथि चढेका थिए। केवल लाइनको तार समाती चेक गर्दा एक्कासी करेन्ट लागेर सन्जीव भुईंमा खसेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad