गोसाइँकुण्डमा स्नान गर्न गएका एक यात्रुको गए राति मृत्यु भएको छ।
रसुवाका प्रहरी प्रवक्ता ओमप्रसाद वाग्लेका अनुसार सिन्धुपाल्चोक जिल्ला मेलम्ची घर भई हाल काठमाडौँको मूलपानी बस्ने २३ वर्षीय दीपक ढकालको लेक लागेर मृत्यु भएको हो।
समुद्र सतहदेखि १४ हजार १ सय फिटको उचाइमा लेक लागेको उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
शवलाई गोसाइँकुण्डबाट तल झार्ने प्रक्रिया अगाडि बढेका प्रहरी प्रवक्ता वाग्लेले जानकारी दिए।
प्रतिक्रिया